यो वर्ष पनि भत्केको रानीपोखरी मन्दिरमा भाईटीका

rani

   काठमाडौं । २०७२ सालको महाभूकम्पपछि पूर्ण रुपमा भत्किएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा यस वर्ष पनि सोहि अवस्थामै भार्ईटीका मनाइयो । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा पुगेर एकअर्कालाई भाइटीका लगाएका हुन् ।

रानीपोखरीको बीचमा अवस्थित मन्दिर भूकम्पले क्षतिग्रस्त भएकाले हाल पुनर्निर्माणको काम जारी छ । त्यसैले यस वर्ष पनि मन्दिरको मूल गेट बाहिरै भाइटीका लगाउने व्यवस्था मिलाइएको छ । भाइटीकाको दिनमा दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरुले त्यही मन्दिरमा पुगेर टीका लगाउँछन् । रानीपोखरीस्थित गोपालेश्वरको मन्दिर हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्दछ । मन्दिर निर्माण कार्यमा विभिन्न अवरोध आउँदा अझै पनि मन्दिर निर्माण हुन सकेको छैन ।

Comments

Top