ओली र दाहालमाथि यसरी खनिए खनाल

jhalanath khanal

   काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नेतृत्वको कमजोरी कारण एकताले मूर्तरूप लिन नसकेको भन्दै आक्रोश पोखेका छन् । उनले नेतृत्व नसच्चिएसम्म एकताले मूर्तरूप लिन नसक्ने ठोकुवा समेत गरे । बिर्तामोडमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नै पार्टी नेतृत्वको खुलेरै विरोध गरेका हुन् ।

उनले भने–‘पार्टी एकता भएको ६ महिना बढी भइसक्यो नेतृत्वले एकताको भाव तलसम्म पु¥याउन सकेका नै छैनन् । नेतृत्वको समस्याका कारण स्थायी कमिटी बैठक बारम्बार सर्ने गरेको छ।’

सबै कमिटी भंग गरेपछि पार्टी चलायमान हुन नसकेको भन्दै उनले भने–‘सबै कमिटी भत्काइएका छन्, कार्यकर्ता जिम्मेवारीविहिन छन् । जनवर्गिय संगठन पनि एकता भएका छैनन, यसबाट कोही सन्तुष्ट छैन ।’ अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै खनालले भने–‘कहिले बिरामी हुने कहिले विदेश जाने भनेर पार्टी बैठक सारिएका छन्, यसले कार्यकर्तामा ठूलो निराशा पैदा गरेको छ।’

Comments

Top