रामचन्द्र पौडेल समूहका नेताहरुको लञ्च मिटिङ मण्डिखाटारमा

Congress Meeting
काठमाडौं  ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुको बैठक मण्डिखाटारमा बसेको छ । कांग्रेस नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा आज भएको बैठकमा नेता पौडेलसँगै महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, डा शेखर कोइराला र सुजाता कोइरालाको उपस्थीति थियो । बैठकमा सभापति शेरबहादुर देउवाको एकलौटि कार्यशैली र पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत बारेमा छलफल भएको बुझिएको छ । विधान संशोधनको प्रक्रिया चलिरहेका बेला पार्टी नेतृत्वले बहुमतको बलमा विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछि पौडेल–सिटौला समूहका नेताहरु रुष्ट बनेका थिए । बैठकमा पूर्वमहामन्त्री कृष्ण सिटौला भने राजधानीबाहिर भएका कारण अनुपस्थित रहे ।

 

Comments

Top