कौशलटार विरुवा सडक खण्डमा हरित अभियान

sashi

   भक्तपुर । जिल्लाको कौशलटार विरुवा सडकको स्तर उन्नतीका लागि पहल शुरु भएको छ । दुई लेनको उक्त सडकको स्तर उन्नतीका लागि पहिलो चरणमा हनुमन्ते पुलबाट बालकोट चोकसम्म नालि ब्यवस्थापन गरि सडकको दायाँ बाँया विरुवा पनि रोपिने भएको छ ।

भक्तपुरकै नमुना सडक बनाउने उद्देश्यका साथ प्रदेश सभा सदस्य शशीजंग थापाको संयोजकत्वमा स्थलगत सर्वेक्षण गरी विरुवा रोप्ने निर्णय गरिएको हो । स्थलगत सर्वेक्षणमा डिभिजन सडक कार्यालयका ईन्जिनियर गोपाल खकुरेल, सुर्यविनायक नगरपालिका–२ का अध्यक्ष कमलनाथ आचार्यसहित हरित अभियानको अभियन्ताहरू सहभागिता रहेको थियो ।

road

सार्बजनिक ,निजि र सहकारी सहयात्रा अन्तर्गत सडकको स्तर उन्नती र हरियाली प्रवद्र्धनका लागि काम शुरु भएको अभियानका संयोजक एवम् प्रदेश सभा सदस्य थापाले माइन्यूज नेपाललाई बताए ।

Comments

Top