रिजर्भको नाममा पटके परमिट, कानुन विपरित मुस्ताङमा बस सञ्चालन

mustangn

 पोखरा । सडकको अवस्थाका कारण लामो र बढी यात्रु ओसार्ने बसहरुलाई निषेध गर्ने निर्णयलाई अवज्ञा गर्दै जोमसोम जाने बस सेवा सञ्चालन हुदै आएको पाइएको छ ।

 जोमसोम सडकको रुट परमिट नलिएका यात्रुबसहरुले यातायात व्यवस्था कार्यालयबाट पटके परमिट लिएर रिजर्भ जाने गरेका छन् । सडक यातायात पुगेपनि साघुरो र घुम्ती कच्ची सडक भएका कारण मुस्ताङको जोमसोम मुक्तिनाथ जाने सडकमा लामो र बढि यात्रु बोक्ने बसहरुलाई जानको लागि स्वीकृत दिइएको छैन ।

 तर, उनीहरुले रिजर्भको नाममा पटके परमिट लिएर यात्रुहरुको जाखोमि मोलेर यात्रा गरिरहेका छन् । मुस्ताङ, पर्वत र वेनीका सिडिओको संयुक्त पहलमा वेनी जोमसोम सडकमा २६ सिट भन्दा वढी सिट भएका यात्रु बसलाई त्यसतर्फ जान निषेध गरेका थिए । प्रशासनले यात्रुको सुरक्षा र सहजताको लागि त्यस्तो निर्णय गरेपनि यातायात कार्यालयका कर्मचारीको मिलोमतोमा ३२ देखि ३६ सिट सम्मका बसहरु निर्वाध रुपमा जोमसोम मुक्तिनाथ सम्म पुग्ने गरेका छन् ।

 २६ भन्दा बढी यात्रु बोकेर जान त्यहाँको बाटो प्रतिकूल रहेको प्राविधिकहरु बताउँछन् । तर, पनि बस व्यवसायी र चालकहरु पैसाको लागि जनताको जिउ धन समेतलाई जोखिममा राखेर गैह्र कानूनी ठंगले बस चलाउँदै आएका छन् । वेनीबाट उत्तर लाग्ने बसहरुले ४ ठाउँमा इन्ट्री गरेर मात्र जोमसोम पुग्छन् । तरपनि प्रहरीले राज्यको नीतिलाई कार्यान्वयन गर्न सकेको छैन । चेक पोस्टका प्रहरी भन्छन्–‘यातायात व्यवस्था कार्यालयले पटके परमिट दिएको पूर्जी देखाएपछि हामीले के भन्ने ?’ यसलाई कारवाही गर्दैमा केहि हुँदैन न्यून जरिवना लिदैमा यो अनियमितता रोकिन्न यातायातले पटके परमिट दिंदा व्लु बुकको सिट संख्या हेरेर २६ सिट भन्दा कमका बसलाई मात्र पटके परमिट दिनु समस्याको समाधान हुने प्रहरी दावी गर्छन् ।

  खासगरी यातायात व्यवस्था कार्यालय वागमती र यातायात व्यवस्था कार्यालय नारायणी (वीरगञ्ज) बाट यस्ता अनियमित परमिट दिने गरिएको मुस्ताङ ट्राफिक प्रमुख प्रसनि डोलेन्द्र हमालले बताए । हामीहरुले फेला परेकालाई कानून वमोजिम कारवाही गर्ने मात्र हो यात्रुलाई फर्काउन मिल्दैन प्रसनि हमालले भने ।

 मुस्ताङका प्रजिअ गंगाबहादुर क्षेत्रीले बढी सिटका बस र नीजि नम्वरका सवारी भाडामा प्रयोग गरिएको बारेमा आफ्नो ध्यानाकर्षण भएको र सो बारेमा सरोकारवाला पक्षसँग बसेर समाधान खोजिने बताए । यात्रुको विमा र सुरक्षा सँग जोडिएको विषयमा यातायात व्यवसायी र यातायात कार्यालयले खेलवाड गर्नुलाई किमार्थ राम्रो मान्न सकिन्न भने नीजि नम्वरका जिपहरुले भाडामा प्रयोग गर्दा दुर्घटना परेमा विमा दावी नपुग्ने तर्फ यात्रुहरुले पनि सचेतना अपनाउन जरुरी छ ।

 

Comments

Top