इन्टरपोलको महासभामा भाग लिन आईजीपी खनाल दुबई प्रस्थान

igpkhanaln

 काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को ८७ औं महासभामा भाग लिन नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनाल दुबई प्रस्थान गरेका छन्। आईजीपी खनालसँगै सिआईबीका निर्देशक डिआईजी निरज शाही र नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान गरेका छन्।

दुबईमा यहि मङ्सिर १ गते देखी ४ दिनसम्म चल्ने महासभामा अन्तरदेशीय अपराध, चेलिबेटी बेचविखन,अबैध हातहतियारको कारोबार रोकथामको विषयमा छलफल हुने बताइएको छ। महासभाले संगठनको रिक्त रहेको अध्यक्षलगायत अन्य पदको समेत पूर्तिसमेत गर्ने भएको छ । महासभामा कोशोभा, किरिबाटी र भानुआटुले सदस्यताको लागि दिएको निबेदनमाथि समेत निर्णय हुने जनाइएको छ।

आईजीपी खनाललाई प्रहरी अतिरिक्त महानिरीक्षक लगायत वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए । आईजीपी खनाल मंसिर ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Comments

Top