दुबईमा आईजीपी खनाललाई एनआरएनएको स्वागत

igp4

 दुबई। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को ८७ औं महासभामा भाग लिन नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनाल दुबई पुगेका छन् ।
खनालसँगै सिआईबीका निर्देशक डिआईजी निरज शाही, एसएसपी देउती गुरुङ्, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी लगायतका अधिकारी विहान दुबइ पुगेका हुन् ।

अाईजीपी खनालको टोलीलाई दुबई बिमानस्थलमा  गैरआवासिय नेपाली संगठन (एनआरएनए)ले भब्य स्वागत गरेको छ । एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठ सहितले खनालको स्वागत गरेका हुन।

 igp5आजबाट ४ दिनसम्म चल्ने महासभामा अन्तरदेशीय अपराध, चेलिबेटी बेचविखन,अबैध हातहतियारको कारोबार रोकथामको विषयमा छलफल हुने बताइएको छ। महासभाले संगठनको रिक्त रहेको अध्यक्षलगायत अन्य पदको समेत पूर्तिसमेत गर्ने भएको छ । महासभामा कोशोभा, किरिबाटी र भानुआटुले सदस्यताको लागि दिएको निबेदनमाथि समेत निर्णय हुने जनाइएको छ।
आईजीपी खनाल मंसिर ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 

Comments

Top