७ लाख ६० हजार नगदसहित १३ जुवाडे पक्राउ

taas

   काठमाडौं । काठमाडौं प्रहरी परिसर बत्तिसपुतलीबाट १३ जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको बत्तिसपुतलीबाट उनीहरुलाई ७ लाख ६० हजार नगदसहित पक्राउ गरेको हो । शनिबार राति बत्तिसपुतलीको एक घरमा जुवा खेल्दै गरेका अवस्थामा उनीहरुलाई नगदसहित पक्राउ गरिएको परिसरले जनाएको छ ।

पक्राउ परेका १३ जनालाई अहिले गौशाला प्रहरीमा राखेर अनुसन्धान भइरहेको परिसरले जनाएको छ । उनीहरुमाथि जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।

Comments

Top