सरकारले काम गर्न नसकेको कि काम गर्न नदिएको ?

mantri parisad

   दुई तिहाई बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले जुन गतिमा काम गर्नुपर्ने हो, त्यो गतिमा अगाडि बढ्न सकेको छैन । आफ्नै दलका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीलाई गाली गर्न थालेका छन् । ओलीले आलोचनाहरूलाई सुन्न चाहँदैनन् ।

बरु आलोचना गर्नेहरूलाई कसरी सिध्याउने हो, त्यतातिर लाग्ने गरेका छन् । नेकपाको समस्या पनि ओलीले मिलाएका छैनन् । ओलीका कारण पार्टी कमजोर भएको आरोप उनीमाथि लाग्ने गरेको छ । पार्टी चलाउन नसकेको आरोप खेपिरहेका ओलीमाथि सरकार राम्रोसँग चलाएको भए राम्रो हुने थियो भन्नेहरू बढ्न थालेका छन् ।

प्रधानमन्त्री ओलीको कार्यशैलीको नेपाली कांग्रेसले आलोचना गर्दै आएको थियो । अहिले कांग्रेस पनि ओलीको व्यवहारबाट आजित बनेको छ । सरकारलाई राम्रो काम गर्न दवाव दिइरहेको छ । ओलीले कांग्रेसले दिएको सुझावलाई आलोचना ठानेर बोवास्ता गर्दै आएका छन् । जसले गर्दा कम्युनिस्ट सरकार दिन प्रतिदिन बद्नाम हुँदै गएको छ ।

शुरुवाती दिनमा नाकाबन्दीका कारण लोकप्रिय बनेका ओली समस्यामा छन् । ओलीलाई सम्मानभन्दा पनि अपमान हुन थालेको चर्चा छ । नेकपाका कार्यकर्ताहरूले समेत ओलीलाई रुचाउँदैनन् । बरु नेकपाका कार्यकर्ताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर जाने गरेका छन् । यो कार्यले पनि ओलीलाई समस्यामा पारेको चर्चा छ । ओली आफूभन्दा अरु कसैलाई पनि जनताले महत्व नदिउन भन्ने सोचका कारण ओली नेतृत्वको सरकार समस्यामा पर्दै गएको विश्लेषण हुन थालेको छ ।

Comments

Top