भुकम्पले क्षति पुर्याएको भक्तपुरका मठ मन्दिरको पुर्ननिर्माणले गति लिने

Rebuilding
भक्तपुर ।
भुकम्पले क्षति पुर्याएको भक्तपुरका मठ मन्दिरको पुर्ननिर्माणले गति लिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता पूर्व मन्त्री एंब प्रतिनिधि सभा सदस्य महेश बस्नेतको पहलमा ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय नगरी भक्तपुरमा भुकम्पका कारण क्षति भएका मठ मन्दिरहरुको पुर्ननिर्माणको कामको गति लिन लागेको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा सरोकार वाला निकायहरुसँगको बैठकले भक्तपुर जिल्लाका चारै वटा नगरपालिका भित्रका सम्पदा बस्ती विकास र भुकम्पका कारण क्षति पुगेका ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय सम्पदाहरुको पुर्ननिर्माण सम्पन्न गर्ने निर्णय गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुसिल ज्ञवली, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख नवराज प्याकुरेल, पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहाल,सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेव थापा,चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, जिस.स. सदस्य श्रीराम व्यन्जु, सुर्यबिनायक नगरपालिकाका ७का वडा सदस्य अर्जुन खतिवडा र नेकपाका नेता कृष्णलाल गोजा सहित बसेको बैठकले पुननिर्माणलाई तिब्रता दिने निर्णय गरेको हो । भुकम्पमा परि भक्तपुरका धेरै सांस्कृतिक सम्पदाहरू प्रभावित भएका थिए । क्षती पुगेका सांस्कृतिक सम्पदाहरू पुर्ननिर्माण अघि बढेसँगै समृद्ध भक्तपुले पुर्णता पाउँने बिश्वास गरिएको छ ।

Comments

Top