अब एक पत्रकार एक प्रश्न

trump

   काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय हृवाइटहाउसले दुई साताअघि आयोजित पत्रकार सम्मेलनमा अनुशासनहीन ढंगले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रश्न सोधेको भन्दै ट्रम्प प्रशासनले जफत गरेको परिचयपत्र फिर्ता गरेको छ ।

सीएनएनका समाचारदाता जीम एकोस्टाको परिचयपत्र फिर्ता गरेको छ । साथै हृवाइटहाउसमा आयोजना हुने पत्रकार सम्मेलनमा एकजना पत्रकारले एउटामात्र प्रश्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सोध्न पाउने नियम बनाइएको छ ।

ट्रम्प प्रशासनले पत्रकार परिचयपत्र अमान्य घोषित गर्दै समाचार संकलनमा रोक लगाएपछि सीएनएन ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अदालत गएको थियो । अदालतले सीएनएन र एकोस्टाकै पक्षमा फैसला गरेपछि ट्रम्प प्रशासन आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

समाचार एजेन्सी एपीका अनुसार, हृवाइटहाउसले एकोस्टालाई नियममा बाँधिएर रिपोर्टिङ गर्न चेतावनी दिँदै परिचयपत्र फिर्ता गरेको हो । सीएनएनले एक ट्वीट गर्दै आफ्ना वरिष्ठ संवाददाता एकोस्टाको परिचयपत्र पूर्णरुपमा फिर्ता भएको जनाएको छ । हृवाइटहाउसले परिचयपत्र फिर्ता गरिसकेकाले मुद्दासमेत जरुरत नरहेको सीएनएनको भनार्इ छ ।

एकोस्टाको परिचयपत्र जफतपछि थप आलोचित बनेको ट्रम्प प्रशासनले प्रेसमाथि नयाँ नियम लागू हुने घोषणा गरेको छ । नयाँ नियमअनुसार, अब हृवाइटहाउसमा आयोजना हुने पत्रकार सम्मेलनमा पत्रकारले मनमौजी प्रश्न गर्न पाउने छैनन् । – एजेन्सी

Comments

Top