अजोड ईन्स्योरेन्ससँग एनआईसी बैंकको बैंकास्योरेन्स सम्झौता

nicasiaa

 काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले अजोड ईन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ।

 सम्झौता अनुसार अब एनआईसी बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड ईन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीज्यूले हस्ताक्षर गरे ।

 एनआईसी एशिया बैंक मुलुकभर २६६ शाखा कार्यालयहरु, २७३ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई एनआईसी एशिया बैंकले पालना गर्दै आएको जनाएको छ। 

Comments

Top