नेपाल मजदूर किसान पार्टीका नेताहरु विकास विरोधी : सांसद बस्नेत

Everest Misson
भक्तपुर । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टीका नेताहरु विकास विरोधी भएको आरोप लगाएका छन् । भक्तपुरमा एभरेस्ट मिसन डट कमको दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा उनले नारायणमान बिजुक्छे नेतृत्वको नेमकिपामाथि गम्भीर आरोप लगाएका हुन् । 'त्रिभुवन विश्वविद्यालय खरिपाटीमा राख्न खोज्दा विरोध गर्दा कीर्तिपुर गयो, काठमाडौँ विश्वविद्यालय चाँगुनाराणमा राख्न खोज्दा धुलिखेल गयो, भक्तपुरमा आउन लागेको अस्पतालको पनि त्यसैगरी विरोध भयो', उनले भने-'३ नं प्रदेशको अस्थायी राजधानी भक्तपुरमा राख्न खोज्दा पनि विरोध गर्यो, अहिले अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न लाग्दा पनि बिरोध गर्दैछ, नेमकिपा भक्तपुरको विकासमा बाधक बन्दै आएको छ ।' उनले आफ्ना बारेमा अनेकौ गलत प्रचार गरेपनि कुनै फरक नपर्ने र अाफू विकासका लागि निरन्तर लागिरहने बताए । उनले भने-'आफ्नो गन्तव्य निश्चित गरेर हात्ती लमक लमक लम्किरहन्छ, वरिपरि कुकुरहरु घुक्छन्, हात्तीले कुकुरलाई फर्केर हेर्दैन, हात्ती गन्तव्य नपुगेसम्म लम्किरहन्छ ।'

Everest 1

कार्यक्रममा उनले राष्ट्रिय मिडियाले आफ्नो समाचार नराख्ने गरेको बताउँदै त्यसले कुनै फरक नपार्ने बताएका थिए । राष्ट्रिय मिडियाले लेखेको समाचार भन्दा फेसबुक सुचना सम्प्रेशणका लागि प्रभावकारी माध्यम भएको बताए । कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाले सञ्चारमाध्यम निष्पक्ष भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।  त्यस्तै कार्यक्रममा प्रदेश नं ३ का सांसद मिना ज्ञावली, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष किरण पौडेल, पत्रकार बबिता बस्नेत, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा बजगाई, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, हनुमन्ते सफाई अभियानका अभियन्ता रुद्र पौडेल, पत्रकार ईन्द्रबहादुर रिजाल, मानव कल्याण सेवा घरकी संचालिका सुमित्रा चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Comments

Top