कांग्रेस बैठकमा विधान मस्यौदा पेस

nepali congress

  काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय बीपीनगर सानेपामा सुरु भएको छ । आइतबार बिहान ८ः३० बजे बैठक बोलाइए पनि दुई घण्टा ढिला गरी बैठक सुरु भएको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी कार्यालय सानेपामा बसिरहेको बैठकम विधान मस्यौदा समिति संयोजक तथा पार्टी महामन्त्री पूर्णबहादुर खड्काले विधान मस्यौदा पेस गरेका छन्।

विधान मस्यौदामा अब औपचारिक रूपमा केन्द्रीय समितिमा छलफल सुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। लामो समयदेखि मस्यौदामा जुधिरहे पनि सहमति जुट्न नसकेपछि महामन्त्री खड्काले फरक मतसहितको विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा पेस गरेका छन् । अब हरेक बैठक पार्टीको महासमिति बैठक केन्द्रीत हुनेछ ।

महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म बस्नेछ । यसअघि मंसिर ५ देखि गर्ने तय भएकामा तयारी नपुगेको भन्दै कार्तिक २० गते बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

Comments

Top