लिग लिडर बार्सिलोनाले अंक बाड्यो

messi_1

   काठमाडौं । लिग लिडर बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । शनिबार राति एट्लेटिको मड्रिडको होम ग्राउण्डमा भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एट्लेटिको मड्रिडका लागि डिएगो कोष्टाले गोल गरे भने बार्सिलोनाका लागि ओसुमाने डेम्बेलेले गोल गरेका थिए ।

दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । तर कोष्टाले खेलको ७७औं मिनेटमा गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । आफ्नो अग्रतालाई जोगाउन नसक्दा बार्सिलोनासँग एट्लेटिको मड्रिडले अंक बाड्न पुगेको हो ।

बार्सिलोनाका लागि खेलको ९०औं मिनेटमा डेम्बेलेले गोल हार बाट जोगाए । बराबरीसँगै बार्सिलोनाको १३ खेलबाट २५ अंक भएको छ । त्यस्तै, एट्लेटिको मड्रिडको १३ खेलबाट २४ अंक भएको छ ।

Comments

Top