सुर्यविनायकमा सामसुङ मोवाइलको १५औं सेवा केन्द्र

SAMSUNG

  भक्तपुर । नेपालस्थित सामसुङ मोवाइलको आधिकारीक विक्रेता आइएमएस केयरले भक्तपुरको सुर्यविनायकमा सामसुङ मोवाइलको नयाँ सेवा केन्द्र स्थापना गरेको छ । सुर्यविनायकमा रहेको मोबाइल कम्प्लेक्समा आजबाट १५औं सेवा केन्द्र सञ्चालनमा आएको हो ।

उक्त सेवा केन्द्र मोबाइल कम्प्लेक्सको दोश्रो तल्लामा रहेको आइएमएसले जनाएको छ । सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसुङ इलेक्ट्रोनिक्सका काकार्यकारी निर्देशक युबियम वोन, आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसुङ इलेक्ट्रोनिक्सका काजुङ्सिक (बबि) योले गरेका हुन् ।

कार्यक्रममा बोल्दै आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत मल्होत्राले ग्राहकहरुको सेवा र सुविधाका लागि नयाँ सेवा केन्द्र स्थापना गरेको बताए । उनले भने–‘विभिन्न स्थानमा नयाँ सेवा केन्द्रहरु स्थापना गरी विशिष्ट सेवा प्रदानगर्नु नै हाम्रो मुख्य उदेश्य हो । त्यसैले सेवा केन्द्रहरु थपिरहेका छौं ।’

Comments

Top