अल्डर्शटमा रबिन श्रेष्ठकाे लाईभ कन्सर्ट सम्पन्न

sudha dd

   बेजिङ्गस्टोक । अल्डरशटमा रबिन श्रेष्ठ लाईभ कन्सर्ट सम्पन्न भएको छ । गत १७ नोभेम्बर शनिबारको साँझ दी लाउन्ज रेस्टोरेन्ट एन्ड बार, अल्डरशटमा उक्त कन्सर्ट सम्पन्न भएको हो । आगनै भरी, छेक्यो छेक्यो देउराली डांडा, आँखैमा झलझली जस्ता सदाबहार गीतका गायक रबिन श्रेष्ठले पहिलो सौगात स्वरुप रबिनले भक्तराज आचार्यको देशप्रेमले ओतप्रोत कालजयी गीत ‘जहाँ छन बुद्धका आँखा’ प्रस्तुत गरेका थिए ।

करीब २०० जति दर्शकहरुको उपस्थिती रहेको उक्त लाईभ कन्सर्टमा मधु गुरुङ्गको स्वागत उद्घोषण गरेकी थिइन् । तीन घण्टा लामो सो कार्यक्रममा उनले करीब १५ वटा गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए । मध्यान्तर पश्चात् रबिनले आफ्नो ओरिजिनल गीत छेक्यो छेक्यो देउराली डाडा हुस्सु र कुहिरोले......गाउनासाथ दर्शक दिर्घा खुशीले झुमेर अत्यन्त मस्त अनि रोमाञ्चित भएका थिए । साथै वोन्स मोर भनेर दर्शक दिर्घाबाट अत्यधिक फर्माइश आए पछि रबिनले पुनः सोही गीत गाएर सबैलाई फेरि एक पल्ट झुमाए।

त्यस्तै उनको अर्को सुपर हिट गीत सुक गुरुङ्गको रचना ‘आँखैमा झलझली हितैको दौतरी’ गाउँदा उनलाई शीतल पुनले साथ दिएकी थिइन । शीतल पुनले उनलाई सो का अलावा अन्य यूगल गीतहरुमा पनि साथ दिनुको साथै हिन्दी र नेपाली गीतहरु समेत गाएर दर्शकलाई नचाउन र झुमाउन सफल भईन। संगीतमा उनलाई रिसाल ब्रदर्स लाईभ ब्यान्डले साथ दिएको थियो। लीड गितारमा जोन रिसाल, मादलमा पहलमान गुरुङ्ग, बाँसुरीमा याम गुरुङ्ग, र साउन्ड सिस्टममा विश्व शाहीले साथ दिएका थिए।

नेपथ्य र श्रेष्ठको सम्बन्ध
सन १९९१ ताका संगीतप्रेमी ६ जना यूवाहरु अमृत गुरुङ्ग, रबिन श्रेष्ठ, दिपक जंग राणा, सुरेश पुन,भिम पुन र बुद्धि गुरुङ्ग मिलेर नेपथ्य सांगीतिक दलको स्थापना गरेका थिए, जसले अहिले आफ्नो सांगीतिक यात्राको पच्चीस बर्ष सफलता पूर्वक पूरा गरिसकेको छ। नेपाली सांगीतिक फाँटमा अपार सफलताका साथ रजत महोत्सव मनाएको संभवतः नेपथ्य नै पहिलो सांगीतिक दल होला । ९० को दशकमा स्थापना भए देखि नै नेपथ्य सांगीतिक दलले धुम मचाउदै गैरहेको थियो भने रबिन श्रेष्ठको आगनै भरी हिऊ नै झरे.....छेक्यो छेक्यो देउराली डाडा जस्ता गीतहरु लोकप्रीयताको चरम शीखरमा पुग्दै गैरहेको बेला हङ्गकङ्ग आई डी को लहर तीब्रताका साथ चल्न थाल्यो । त्यति बेलाको समयमा संगीतमा लागेर जीवकोपार्जन गर्न र धान्न सक्ने अवस्था थिएन, नेपाली यूवाहरु बिदेसिने क्रम तीब्रताका साथ बढ्दै गैरहेको थियो। रबिन श्रेष्ठ पनि सो लहरबाट अछुतो रहन सकेनन र पाँच बर्षे कलिलो आफ्नो प्यारो सांगीतिक दल नेपथ्यलाई नेपथ्यमै छोडेर १९९६ मा हङ्गकङ्ग तिर पलायन भए।

त्यसपछी बिदेशी भूमीमा मलजल गर्ने क्रममा गीत संगीतमा आफ्नो असिम चाहना र मोह भए पनि चाहेर पनि सोलाई सकृयता पूर्वक निरन्तरता दिन असमर्थ भए। तथापी बेला मौकामा हङ्गकङ्गका बिभिन्न सांगीतिक जमघट तिर गायनको हल्का शौक भने पूरा गर्ने गर्दथे। हङ्गकङ्ग छोड्नु अघि सन २०११ मा हङ्गकङ्गमा पोखरेली झ्यालले रबिन श्रेष्ठ नाईटको सफल आयोजन पनि गरेको थियो। त्यसको लगत्तै सोही बर्ष पोखरेली झ्यालले अल्डरशटमा आयोजना गरेको दोश्रो प्रस्तुतीमा सहभागी हुन उनी बेलायत आएका थिए।

sudha d

त्यसैताका उनले इन्द्रनारायण चोम्बाङ्गको शब्द र राजु सिंहको संगीतमा ‘तीखो तिखो वचन’ बोलको गीत रकर्ड पनि गराएका थिए। त्यसपछी २०१२ मा हङ्गकङ्गबाट उनी बेलायत आए। बेलायत आए पछि बेला मौका को जमघट र पोखरेली मंचले आयोजना गर्ने कार्यक्रममा उनले समय समयमा गाउदै आएका छन। २

रबिन हालै घर बिदा गएका बेला आफ्नै रचना अनि राजु संहको संगीतमा ‘ह्याप्पी न्यू ईयर’ बोलको नयां गीत रेकर्ड गराएर फर्किएका छन र आगामी नया बर्ष २०७६ मा सो गीत रिलिज गर्ने सुरमा छन् । रबिनलाई सांगीतिक क्षेत्रमा पुनः आगमनका लागि हार्दिक स्वागत अनि सफलताको निम्ति शुभकामना ।

 

Comments

Top