काभ्रेको पाँचखाल र सिन्धुपाल्चोकको खाडीचौरमा एनआईसी एशियाको नयाँ शाखा

mahesh

   काभ्रे । एनआईसी एशिया बैंकले काभ्रेको पाँचखाल नगरपालिका–४ समाजकल्याण चोक र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ स्थित खाँडिचौरमा २ नयाँ शाखा कार्यालयहरु स्थापना गरेको छ । खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले गरे भने पाँचखाल शाखाको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेका हुन् । आज उद्घाटन भएका दुई शाखा सँगै बैंकको शाखा संख्या २६६ पुगेको छ ।

मुलुकभर २७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसीको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ । कुलनिक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४३ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचानबनाउन सफल भइसकेको छ । हालसम्मयस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

Comments

Top