करोडौ खर्चेर ओलीको तस्बिर बिजुलीको पोलदेखि मिडियासम्म, सामाजिक सन्जालमा बिरोध

saamaajikasurakshya

 काठमाडौं । सरकारले मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ  । तर, यसको तामझामका लागि यसअघि मजदुरको कोषमा जम्मा भएको २० अर्ब रुपैयाँबाटै अर्बौ खर्च गरिएको छ  ।

 प्रधानमन्त्री केपी ओलीका तस्बिरसहित एउटा युगको सुरुवात भन्ने नारासहित काठमाडौंका धेरै बिजुली पोलमा ब्यानर टाँगिएका छन् भने सबैजसो अनलाइन र पत्रपत्रिकामा ज्याकेट एड प्रकाशित प्रशारित भएका छन् ।

 ओलीको तस्बिर सामाजिक सन्जालमा भाईरल भएको छ।  टिभी र रेडियोमा पनि विज्ञापन गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसको प्रचारप्रसारका लागिमात्र ८ करोड रुपैयाँ खर्चेको बुझिएको छ  ।

 सामाजिक सुरक्षा ऐन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा संसदबाट पारित भए पनि ओली सरकारले यसलाई आफ्नो सफलताका रुपमा व्याख्या गरेको पाइएको छ । पत्रपत्रिकामा भने ओलीसहित दोस्रो पेजमा श्रममन्त्री गोकर्ण विष्टले समेत आफ्नो प्रचार गरेका छन् । नेपालका सबै संगठित क्षेत्रका मजदुरले १० वर्षदेखि प्रत्येक महिना १ प्रतिशतका दरले जम्मा गर्दै आएको सामाजिक सुरक्षा कोषमा हालसम्म जम्मा भएको २० अर्ब रुपैयाँ यो सरकारले यसरी फजुल खर्च र आत्मप्रशंशामा खर्च गरेर चरम दुरुपयोग गरिएको भन्दै बिरोध भएको छ  ।

Comments

Top