लिग लिडर म्यान्चेस्टरद्धरा बर्नेमाउथ पराजित

manchester

  काठमाडौं । लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नेमाउथमाथि सहज जित निकालेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले बर्नेमाउथलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा बर्नार्डो सिल्भा, रहिम स्टर्लिङ र इकेली गुन्डोगानले गोल गरे । यता, बर्नेमाउथका लागि कलुम विल्सनले एक गोल फर्काएका थिए । १४ खेलबाट ३८ अंक जोडेको सिटी लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३३ अंक रहेको छ ।

 

Comments

Top