यसरी माफि मागिन श्रृंखलाले

shrinkhala 123

   काठमाडौं । मिस वर्ल्ड प्रतिस्पर्धामा चीनमा रहेकी मिस नेपाल शृङ्खला खतिवडाले हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा सफल हुन नसकेपछि नेपालीहरुसमक्ष माफि मागेकी छन् । शृङ्खलाले आफ्नो इनस्टाग्रामबाट भिडियो सन्देश जारी गर्दै मिस सिंगापुरले योग्य भएर नै जितेकाले नेपालले जित्नु पर्थ्यो भनेर वा मिस सिंगापुरलाई गाली गर्ने तरिकाले कमेन्ट नगर्न आग्रह गरेकी छिन् । भोटतर्फ शीर्ष २० मा पुगेकी शृङ्खलालाई समग्रमा शीर्ष ३० मा पुग्नका लागि हेड–टू–हेड च्यालेन्ज जित्नुपर्ने थियो ।

त्यसमा मिस सिंगापुर भेनिसा पेहसँग पछि परेकी हुन् । शृङ्खलाले यो च्यालेन्ज जितेर नेपालका लागि केही भए पनि गर्व गर्ने र आफ्ना समर्थक तथा शुभचिन्तकलाई उत्साह दिने मन भए पनि नसकेकोमा माफी मागेकी छन् । उनले अझै सम्भावना बाँकी रहेको र टप ३० मा पुग्ने आश बाँकी भएको पनि उल्लेख गरेकी छन् ।

हेड–टू–हेड र ब्यूटी विथ पर्पज दुई भिन्न विधा रहेको र हेड–टू–हेडले ब्यूटी विथ पर्पजको निर्णयमा कुनै असर नपर्ने उनले उल्लेख गरेकी छन् । यस्तै टप ३० मा पुग्नका लागि मल्टिमिडिया बिधाको सम्भावना पनि रहेकोछ ।

उनले अपलोड गरेको भिडियोको पूर्णपाठ

नमस्ते नेपाल।

हेड टु हेड च्यालेन्जको भिडियो युट्युबमा पोस्ट भैसकेको छ। यहाँहरूले हेरिसक्नु भयो होला। म र सिंगापुरसँगै परेका थियौं। हाम्रो च्यालेन्जमा सिंगापुरकी प्रतियोगीले जितिन्।

युटुयुबमा अपलोड हुँदा कस्तो प्रतिक्रिया आउने होला भनेर डर लागिरहेको थियो। हिजो साह्रै दुःख पनि लाग्यो कि यस्तो सपोर्ट पाउँदा पनि मैले तपाईहरूको अपेक्षा पूरा गर्न सकिनँ भनेर। तर, सिंगापुरले डिजर्भ गरेको थियो र उसैले जित्यो। त्यसैले प्लिज युट्युबमा नेपालले जित्नुपर्थ्यो। सिंगापुरले किन जित्यो नभन्नु होला। उ मेरो राम्रो साथी पनि हो। म एकदम खुसी छु उसका लागि।

अवश्य पनि मन थियो, नेपालका लागि हेड टु हेड च्यालेन्ज पनि जितेर टप ३० मा पुग्न पाउँ भन्ने तर नआत्तिनुहोला ।अझै पनि ३० वटामध्ये १७ वटा स्पट खाली नै छन्। त्यसैले यो अन्त्य होइन। सरी, भन्न चाहन्छु। राम्रो गर्न सक्थेँ अझै। तर हामीलाई ब्रिफिङमा चाहिँ आफ्नो प्रोजेक्ट प्रस्तुत नगर्नु होला। यो प्रस्तुती शैलीबारे मात्रै हो भनिएको थियो। मैले त्यही ब्रिफिङ फलो गरेँ।


साढे एक मिनेट मात्रै समय थियो। टाइम लिमिटले नै धोका दिने हो कि भनेर मैले एकदम धेरै पूर्वतयारी गरेकी थिएँ। सायद धेरै तयारी पनि भयो कि के भयो, बीचमा बोल्दाबोल्दै एक–दुई लाइनचाहिँ भन्न छुटेको रहेछ। सायद त्यो कनेक्ट भएर। मैले आफै पनि युट्युबमा भिडियो हेर्दा त्यति कनेक्टेड आफैलाई पनि फिल भएन।

सरी नेपाल । यत्रो भोट गरेर टप २० मा पुऱ्याइदिनुभयो। टप १० मा हेड टु हेडमा पुग्न सकिनँ। तर अझ पनि आशावादी छु९ टप ३० मा पुग्न सक्छु भनेर।अझै १७ वटा स्पट खाली नै छन्। त्यसैले हार नमान्दिनु होला। यत्रो माया गरिदिनुभयो, कसरी गुन तिरौं भनेर सोच्न मात्रै आउँछ। नेपाल आएर धेरै काम गर्न मन छ।

मलाई पब्लिक फिगर हुन मन थिएन। पब्लिक फिगर भैसकेपछि आफ्नो आवाज बलियो हुन्छ र त्यो आवाज म कसैका लागि प्रयोग गर्न सक्छु भन्ने कुराले मात्रै मलाई मिस नेपालमा तानेको थियो। मिस वर्ल्ड पनि मेरालाई आवाज बलियो बनाउँने माध्यम मात्रै हो।

म एउटा मान्छे संसार परिवर्तन गर्न सक्छ भन्ने कुरामा हृदयदेखि विश्वास गर्छु। सायद अलि बढी कुरा गरेजस्तो लाग्छ होला तर मलाई थाहा छ, मैले भनेको कुराहरु कति इमान्दारीताका साथ भन्छु र कति विश्वास मानेर भन्छु भनेर।

९० सेकेन्डमा मेरो प्रोजेक्टलाई मैले जसरी सकिन्छ प्रस्तुत गरे। भविष्यको योजना के हो प्रस्तुत गर्नु भनेर सर्कुलरमा दिइएको थियो। मैले त्यसमै फोकस गर्न खोजे। भिडियो हेरेर मैले महसुस गरिसके, सिंगापुरले डिजर्भ गरेको थियो। उसलाई पनि सपोर्ट गरिदिनुस्। कमेन्टमा नेपालले जित्नुपथ्र्यो भनेर भन्दाखेरि पक्कै पनि उसलाई राम्रो लाग्दैन । जसरी फुटबल म्याचमा सौहार्दपूर्ण वातावरणमा हामीले जिते पनि हारे पनि स्वीकार गर्नुपर्छ। अरुको जितमा पनि रमाउँनुपर्छ। त्यसै गर्न सिकौं।

सरी मेरो साइडबाट मैले गर्न सकिन, तर सिंगापुरलाई पनि पक्षपात नगरिदिनु होला। यतिधेरै माया गर्नुभएकोमा धन्यवाद। सबैलाई मायाँ। अझैपनि मौका छ। व्युटी विथ द पर्पस अनि मल्टिमिडिया अवार्ड बाँकी छ। टप ३० को लागि अझैपनि ठाउँहरु खाली छन्। अझै पनि सम्भावना बाँकी छ। मलाई यहाँसम्म पुर्याइदिनुभएकोमा सम्पूर्णप्रति आभारी छु।

https://www.instagram.com/p/Bq3b-YCAVKb/

Comments

Top