प्रधानमन्त्रीको ‘माइ भिजन, प्रस्परस नेपाल, ह्यापी नेपाली’ प्रकाशित

kp book

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका भाषण संग्रह ‘माइ भिजन’को दोस्रो संस्करण प्रकाशित भएको छ। सरकारले प्रधानमन्त्री ओलीका भाषण संग्रहको दोस्रो संस्करण प्रकाशित गरेको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले एसिया प्यासिफिक समिटमा सहभागी हुन आएका विदेशी पाहुनालाई ओलीले उक्त पुस्तक प्रदान गरेको उल्लेख गरेका छन्। म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसहित सात विदेशी अतिथिलाई प्रधानमन्त्रीले पुस्तक प्रदान गरेको रिमालले ट्विटमार्फत जानकारी दिएका छन्।


यसअघि उनको पहिलो प्रधानमन्त्रीकालका ६० भाषण समेटिएको पुस्तक ‘सेलेक्टेड स्पिच अफ केपी शर्मा ओली’ प्रकाशित छ। उक्त पुस्तकमा भाषण संकलन र सम्पादन विष्णु रिमाल र शार्दूल भट्टराईले गरेका थिए। उक्त पुस्तक चिनियाँ भाषासमेत प्रकाशित छ।

ओलीले गत वैशाखमा चीन भ्रमणका दौरान चिनियाँ भाषाको पुस्तक विमोचन गरेका थिए। यसपटक भने ओलीको पुस्तकको नाम ‘माइ भिजन, प्रस्परस नेपाल, ह्यापी नेपाली’ राखिएको छ।

दोश्रो संस्करणमा पूराना र नयाँ भाषण समेटिएको अधिकारीले जानकारी दिएका छन् । ओलीका ४५ वटा भाषण समेटिएको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक नेपालीमा २०७३ को माघमा प्रकाशित भइसकेको छ।

Comments

Top