सिके राउतलाई राज्यविरुद्धको मुद्दामा अनुसन्धान गर्ने बाटो खुल्ला

ckraut

 काठमाडौँ । मधेश टुक्र्याउने माग गर्दै आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत थुनामा नै रहने भएका छन् ।

 राउतलाई गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट आज खारेज भएको छ। न्यायाधिसद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज रिट खारेज गर्ने फैसला गरेको हो।

 रिट खारेजसँगै उनलाई अब थुनामै राखी राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान गर्ने बाटो खुलेको छ । 

 

Comments

Top