विधान संशोधनलाई लिएर कांग्रेसमा बिबाद : केन्द्रिय कार्यसमिति बैठक लम्बिने

congress_1

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक अझै केही दिन चल्ने भएको छ । गत विहीवार देखि जारी बैठकमा विधान संशोधन समितिले बुझाएको मस्यौदा माथि छलफल भइरहेको छ ।

 विधान मस्यौदामाथि आधा केन्द्रिय सदस्यहरुले धारणा राख्न बांकी भएकोले तथा बिबाद बढ्ने अवस्था देखिएका कारण अझै केही दिन लम्बिने बुझिएको छ । केन्द्रिय समितिले पारित गरेको मस्यौदा महासमिति बैठकमा पेश गरिने छ ।

 विधान संशोधन प्रमुख एजेण्डा सहित मंसिर २८ देखि पुस ३ सम्म महासमिति बैठक आव्हान गरिएको छ । महासमिति बैठकमा पेश हुने राजनीतिक र आर्थिक प्रतिवेदन पनि एक/दुई दिनमा केन्द्रिय समितिमा पेश गर्ने तयारी भैरहेको छ ।

 उपसभापति विमलेन्द्र नीधिको संयोजकत्वमा गठीत समितिले राजनीतिक प्रतिवेदन लेखन कार्य अन्तिम अवस्थामा पु-याएको छ भने सहमहामन्त्री डा.प्रकाशशरण महतको संयोजकत्वमा रहेको समितिले आर्थिक प्रतिवेदन लेख्ने काम करिब टुङ्गाएको छ । यी दुवै प्रतिवेदन मस्यौदा समिति मार्फत केन्द्रिय समितिमा पेश हुने र त्यहा छलफल गरि पारित गर्नुपर्नेछ ।

Comments

Top