निर्मलाका हत्यारालाई बिप्लबको पार्टीले भौतिक कारवाही गर्ने , हत्याराबारे पत्तो नै छैन

biplab

 काठमाडौं। नेत्रविक्रम चन्द 'बिप्लब' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्मला पन्तका बलात्कारी र हत्यारालाई भौतिक कारबाही गर्ने दाबी गरेको छ । 

 पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले कालीकोट पुगेर ‘निर्मलाको हत्यारा राज्यको संरक्षणभन्दा बाहिर छैन’ भन्दै भौतिक कारबाही गरिने बताए ।तर उनले निर्मलाका हत्यारा को हुने भन्ने बारे केही खुलाउन सकेनन् ।

 बुधबार हुन लागेको कालीकोटको जनसभालाई सम्बोधन गर्नका लागि प्रकाण्ड त्यहाँ पुगेका हुन् । प्रकाण्डले कन्चनपुरकी १३ वर्षीया बालिकाले न्याय पाउनुपर्ने बताउँदै राज्यले नसकेको काम आफ्नो पार्टीले गर्ने बताए ।

 निर्मलाको परिवारलाई न्याय दिनका लागि आफूहरुले पहल सुरु गरिसकेको उनको दाबी छ ।

काठमाडौंमा केही समयअघि गरेको सभामा उनले निर्मलाका बलात्कारी र हत्यारा सरकारमा रहेका व्यक्तिसँग जोडिएको बताएका थिए ।

 

Comments

Top