लेखा समितिको बैठकमा कंसाकारको राजीनामा माग

sugat

 काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदको मूल्यबारे संसदको सार्वजनिक लेखा समितिले गम्भीर प्रश्न उठाएको छ। बुधबार बसेको समितिको बैठकमा ९३.०५ मिलियन डलरमा आउनुपर्ने विमानको मूल्य किन १०८ मिलियन डलर पर्‍यो भनी सांसदहरुले प्रश्न उठाएका हुन् ।

 सो क्रममा सत्तारुढ दलका सांसदले नै नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको राजीनामा माग गरे। सांसद भट्टराईले कंसाकारले राजीनामा नदिए बर्खास्त गर्न मन्त्री अधिकारी समक्ष आग्रह समेत गरे ।

नागरिक लगानी कोष र सञ्चय कोषले के आधारमा निगमलाई रकम दिएरु भन्दै सांसदहरुले छानबिन मागसमेत गरेका छन् । दुई वटा ए ३३० २०० वाइडबडी खरिदका लागि प्रतिविमान १०८.१९ मिलियन अमेरिकी डलर भुक्तानी गरिएको निगमको भनाइ छ ।

निगमले असार १४ मा पहिलो वाइडबडी विमान र साउन १० गते अर्को वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएको थियो । निगमले दुई वाइड बडी जहाज २४ अर्ब रुपैयाँमा खरिद गरेको बताउँदै आएको छ । पुर्वमन्त्री डा. मिनेन्द्र रिजालले  मन्त्री रविन्द्र अधिकारीरी आफ्नो जिम्मेवारी बाट पर सर्न खोजेको आरोप लगाए । 

Comments

Top