मन्दिरको जग्गा कीर्ते गरी बेचेर बुलेट प्रुफ गाडीमा हिंड्ने महन्त पक्राउ

baikuntha

 काठमाडौं। मन्दिरको अर्बौ मुल्य पर्ने जग्गा कीर्ते जालसाँझी गरी  बिक्री गरेको आरोपमा प्रहरीले रत्न सागर मन्दिर जनकपुरका महन्त बैकुण्ठदासलाई  पक्राउ गरेको छ।

 जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले रत्न सागर मन्दिर जनकपुरका महन्त बैकुण्ठदासलाई अपराध महाशाखाको सहयोगमा आज काठमाडौंको बागबजारबाट पक्राउ गरेको हो । दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआईजी हरि बहादुर पालका अनुसार उनलाई किर्ते तथा जालसाझी मुद्धामा पक्राउ गरिएको हो  । 

 बैकुण्ठदासले सो मन्दिरको कागज नै किर्ते बनाएर जग्गा बिक्री गरेका थिए । बुलेट प्रुफ गाडीमा हिड्ने बैकुण्ठदास भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको विश्वासपात्र मानिन्छन् । यसअघि उनी महोत्तरी ज्जिल्ला शिक्षा कार्यालयमा भूमिगत समूहको प्रयोग गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा पक्राउ परी अदालतमा सेटिङ मिलाएर धरौटीमा छुटेका थिए ।

 बैकुण्ठदास भारतको पटनामा बस्दै आएका थिए ।  जनकपुरधाम उपमहानगरपालिका वडानम्बर ८ को अढाइ बिघा गुठी जमिनको कीर्ते जालसाजी गरी बैकुण्ठ दासले बिक्री गरेका थिए।  उक्त जग्गाको मुल्य अर्बौ पर्ने वताइन्छ । बैकुण्ठ दासलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो ।

Comments

Top