"छोरीका लागि छोरी नै " अभियान शुरु

Chori ka lagi chori 1

भक्तपुर । 

विगत केही महिनादेखी सामाजिक संजालको सु:शक्तिलाई सदुपयोग गर्दै देश भरिका करिब ५०० भन्दा बढी छोरीहरू लाई सामाजिक संजाल फेसबुक मार्फत एकजुट गराउँदै "छोरीका लागि छोरी नै " राष्ट्रिय अभियानको परिकल्पना गर्नुभएका श्याम थापाको सपनाले अन्ततः सार्थकता पाएको छ । भक्तपुरको खरिपाटी स्थित यातु महादेव मन्दिरसँगै रहेको मानव कल्याण समाज सेवाघरको प्रांगणमा विभिन्न जिल्लाका करिब ३५ जना अभियन्ता छोरीहरूको उत्साहजनक सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।


२०७३ सालमा अछाममा छाउपडिका कारण रोशनी तिरुवाको मृत्यु भएपछि त्यसबाट प्रभाबित भएर लामो समय देखि सामाजिक कार्यमा अग्रसर रहँदै आउनुभएका ६१ वर्षिय समाज सेवि श्याम थापाले नेपाली समाजको धरातलमा "छोरीका लागि छोरीकै" भुमिका महत्त्वपूर्ण रहेको महशुस गर्दै यस अभियानको सोच आफुमा आएको बताए । थापाले विभिन्न चरणमा छाउपडी प्रथा विरुद्धकको सचेतना कार्यक्रम र खाना खेर नफालौ जस्ता सामाजिक अभियान संचालन गर्दै आएका छन् । कार्यक्रमम उनले यो अभियानलाई सम्पुर्ण छोरीहरूले सकारात्मकताका साथ बुझेकोमा खुसी व्यक्त गर्नुका साथै समाज परिवर्तनमा छोरीका लागि छोरी नै अभियानको भुमिका अब्बल रहने बिश्वास समेत व्यक्त गरेका थिए । कार्यक्रममा लक्ष्मी नरालको अध्यक्षतामा , लक्ष्मी सुकुभट्टु उपाध्यक्ष ,चन्द्रीका ओझा सचीव , आकृती गिरि सह सचीव , गृष्मा संग्रौला कोषाध्यक्ष , एलिना थापा सहकोषाध्यक्ष र सदस्यहरुमा सुष्मा लम्साल,मेनडोल्मा स्याङ्बा ,अमृता भण्डारी ,ईन्दु थापा,स्वपना पौडेल ,सिर्जना फुयाल र सुष्मिता बासी रहने गरि तेह्र सदस्यीय केन्द्रिय कमिटी गठन गरिएको थियो ।

Chori ko lagI Chori
कार्यक्रममा अभियानका राष्ट्रिय अध्यक्षले छोरीका लागि छोरी नै राष्ट्रिय अभियान positive vibration को पर्यायवाची बन्दै कालान्तरमा राष्ट्र विकासको आधारशिला बन्न सफल हुने भन्दै सबै अभियान्ता छोरीहरू लाई सकारात्मकताको बाटोमा हिड्न आग्रह समेत गरेका थिए । यसरी देशभरका विभिन्न जिल्लाबाट अभियानको प्रथम राष्ट्रिय भेलाका लागि आएका ३५ जना अभियान्ता छोरीहरुको सहभागीता रहेको उक्त कार्यक्रम मानव कल्याण समाज भक्तपुर अध्यक्ष र यस अभियानकी अभियान्ता छोरी सुमित्रा चौलागाईं अभियान्ता छोरी मिरा के।सि द्वारा दोसल्ला ओढाई अभियानका जन्मदाता बुबाको सम्मान बाट सुरु भएको उक्त कार्यक्रम तेह्र सदस्यीय केन्द्रिय कार्यसमिति गठन गरि समापन भएको थियो ।

Comments

Top