सांसद बस्नेतद्धारा कोरिडोर निर्माणको निरिक्षण 

Corridor Anugaman

भक्तपुर ।
हनुमन्ते नदीको कोरिडोर निर्माण कार्यले तिब्रता पाएको छ । कोरिडोरको प्रथम खण्ड अन्र्तगत जिल्लाको मध्यपुर थिमी नगरपालिका  मध्यपुर हस्पिटल नजिक नयाँ पुल बाट पुर्ब तर्फको खण्डमा कामको शुरुवात भएसँगै कोरिडोर निर्माणको काम अघि बढेको हो । २०- २० मिटर दायाँ बाँया र नदीको भाग २० मिटर गरी जम्मा ६० मिटरको रहने उक्त करिडोर निर्माणमा भएको प्रगति बुभ्mन नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, प्रदेश सभा सदस्य माननीय शशीजंग थापा , सुर्यविनायक नगरपालिका प्रमुख बासुदेब थापा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्ट एबम् सुरक्षा निकायका प्रमुखहरुले आज स्थलगत निरिक्षण गरेका हुन् । भक्तपुर जिल्लाकै महत्त्वपूर्ण आयोजना मध्यकै सबैभन्दा ठुलो आयोजना हनुमन्ते नदी करिडोर पहिलो खण्डमध्ये मध्यपुर हस्पिटल नजिक नयाँ पुल बाट पुर्ब तर्फ को खण्डमा सुरू भइसकेको छ भने अन्य खण्डको काम चाडैनै शुरु हुने बताइएको छ ।

Corridor Anugaman1

कोरिडोर निर्माण सन्तोष जनक रहेको निश्कर्ष निकाल्दै सासंद बस्नेत सहितको निरिक्षण टोलिले निर्माण कार्यलाई दु्रत गतिमा अघि बढाउन निर्दशन  समेत दिएका थिए ।  

Comments

Top