बाणिज्य बैंकहरुको ब्याजदर बढाउने होडबाजी,उद्योग व्यवसाय धरासायी बन्ने खतरा

interest

 काठमाडौं। बाणिज्य बैंकहरुको ब्याजदर बृदिले ग्राहकहरु आतंकित हुन थालेका छन् । नेपाल बैंकर्स एसोसियसनले ब्याजदरमा कायम रहेको सहमति तोडेसँगै बाणिज्य बैंकहरु आक्रोशित रुपमा व्याजदर बढाउन थालेका छन् ।

 जनता बैंकले व्यक्तिगत मुद्दतीमा १२ प्रतिशत ब्याजदरको घोषणा गरेको छ भने माछापुछ्रे बैंकलेसाढे १२ प्रतिशत ब्याजदरको घोषणा गरेको छ । कुमारी बैंकले १३ प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेको छ ।  

 बैंकहरुले निक्षेपमा बढाएको ब्याजको असर ऋणमा पर्ने हुँदा यो बृद्धि धेरै समय नटिक्ने देखिन्छ । ब्याजदर वृद्धिले सेयरमा लगानी भन्दा मुद्दतीमा पैसा राख्दा फाइदा पुग्ने विश्लेषण पनि हुन थालेको छ । बढ्दो ब्याजदरले उद्योग व्यवसाय धरासायी बन्ने त होइन भन्ने शंका समेत उब्जिएको छ ।  अस्वस्थ रुपमा बढेको ब्याजदरको विषयलाई लिएर अर्थमन्त्री डा युवराज खतिवडाले अहिलेसम्म पनि मुख खोलेका छैनन 

Comments

Top