बैंकले व्याजदरमा बढाबढ गर्दा उद्याेगी सशंकित

5527_370x320

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिअाई)ले ब्याजदरमा बैंक बढाएकाे भन्दै राेक्नकाे लागि अर्थमन्त्रालय र मातहतका निकायलाई अाग्रह गरेकाे छ।

वाणिज्य बैंकले व्यक्तिगत निक्षेप खोस्न ब्याज बढाबढाउन थालेपछि महासंघले राेक्नकाे लागि अाग्रह गरेकाे हाे। बैंक तथा वित्तिय संस्थाबाट एकतर्फी रुपमा ब्याजदर वृद्धि हुँदा उद्योग व्यवसाय गम्भिर संकटमा परेको महासंघका निमित महानिर्देशक गोपाल तिवारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

विज्ञप्तिमा ब्याजदर निश्चित सीमा भित्र राख्न सरकार, अर्थमन्त्रालय र राष्ट्र बैंकलार्इ आग्रह गरिएको छ। पछिल्लाे तीन दिनमा बैंकहरुले अधिकतम साढे २ प्रतिशत बिन्दुले बढाएर साढे १३ प्रतिशत पुगेकाे छ। महासंघले ब्याजदर बढ्दा लगानी समेत निरुत्साहित भएको जनाएको छ। ब्याजदरका कारण लगानी निरुत्साहित भएर सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भेट्याउन कठिन हुने जनाएको छ।

महासंघले व्याजदरलाई निश्चित सिमाभित्र रहने वातवरण मिलाउन मातहतका निकायलाई अाग्रह गरेकाे छ।

Comments

Top