डकैती मुुद्दामा फरार अभियुुक्तमाथि गोली प्रहार ,पेस्तोल र चार राउण्ड गोली बरामद

 pestoln

 काठमाडौँ । महानगरीय अपराध महाशाखाले डकैती मुुद्दामा फरार अभियुुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । विशेष सुराकीको आधारमा लिम्बुुलाई पक्राउ गर्न गएको महाशाखाको टोलीलाई उल्टै पेस्तोल ताकेपछि जवाफी कारबाहीमा गोली प्रहार गरी लिम्बुुलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए । उनको साथबाट एउटा चाइनिज पेस्तोल र चार राउण्ड गोली समेत बरामद भएको छ ।

 लिम्बुुले केही समय अगाडि इटहरीमा रहेको मनी ट्रान्फरका कर्मचारीलाई पेस्तोल देखाएर तीन लाख लुुटेर फरार रहेका थिए । 

कर्तव्य ज्यान र डकैती मुद्दामा फरार रहेका लिम्बुुलाई पक्राउ गर्न खोज्दा लिम्बुुले पेस्तोल तेर्साएर प्रहरीमाथि जाइ लागेपछि प्रहरीले एक राउण्ड गोली प्रहार गरी नियन्त्रण लिएको हो । लिम्बुुको अवस्था सामान्य रहेको र वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेकोे छ ।

 विभिन्न घटनामा संलग्न लिम्बुुको यसअघि महाशाखा र परिसरमा ६ वटा उजुरी परेको थियो । लिम्बु यसअघि ६ वर्ष जेल बसेर निस्केका थिए । इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरमा सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका लिम्बु ०६३ सालमा रोयल कोअपरेटिभ लिमिटेडको ११ लाख ३० हजार रुपैयाँ लुटपाटमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।

Comments

Top