पूर्ववनमन्त्री विक्रम पाण्डे विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

bikram

 काठमाडौं । पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो ।

 पाण्डेको कालिका कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको, मूल नहर भत्किएको, डिजाइनमा नै त्रुटि देखिएको अक्तियारको ठहर छ ।

 उनीहरुमाथि अक्तियारले साढे ८ अर्ब बिगो दाबी गरेको छ । सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सिटिसिई कालिका जेभीका प्रमुख पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको हो ।अख्तियारले गरेको छानबिनमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा भएको गुणस्तरहीन कामले राज्यलाई दुई अर्ब १३ करोड घाटा भएको पाइएको थियो ।

 

 

Comments

Top