स्पष्टिकरण दिन स्वदेश आइन अष्ट्रेलियाकी राजदूत लक्की शेर्पा

lakki

 काठमाडौं । परराष्ट्र मन्त्रालयले सोधपुछका बोलाएपछि स्पष्टिकरण दिन अष्ट्रेलियाकी राजदूत लक्की शेर्पा नेपाल फर्किएकी छन् ।

 शेर्पा शनिबार अष्ट्रेलियाबाट नेपाल हिंडेकी हुन् । राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि विवादमा परेकी हुन् । त्यसपछि मन्त्रालयले शेर्पाका विषयमा लागेको आरोपमाथि सत्य तथ्य बुझ्न मन्त्रालयले उनलाई काठमाडौं बोलाएको हो ।
मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाई समेत यता ल्याउन थप पैसा मागेका उनका पूर्व चालक वाड्चु शेर्पाले आरोप लगाउँदै आएका छन् ।

राजदुतावासले भने निकै बदमास रहेका वाड्चु शेर्पाले बहुमूल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि बिभिन्न बहाना बनाउँदै झूठा आरोप लगाएको बताएकी छन् ।

बिभिन्न सञ्चारमाध्यममा राजदूतका विषयमा आरोप आउन थालेपछि मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

Comments

Top