वर्तमान सरकारलाई पुनर्निर्माण गर्नुपर्छ : नेता खनाल

jhalanath khanal

  काठमाडौं । सचिवालयको बैठक बहिस्कार गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नै पार्टिका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको काम राम्रो नभएको भन्दै पुनर्निर्माण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । वर्तमान
सरकार डुब्दा नेकपा पनि डुब्ने भन्दै नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनका लागि चुनौतीको शिखर सगरमाथाभन्दा अग्लो रहेको बताएका छन् ।

आज नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले भने–‘टुप्पीमा बसेका एउटा नेताले भर्खरै एउटा बैठकमा के उद्गार गर्नुभयो भने नेकपा भनेको कुनै आइडोलोजिकल पार्टी होइन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले राष्ट्रियता कमजोर बन्दै गएको पनि बताए । सरकारले समेत थाहा नपाउने गरी गुप्त सम्मेलनहरु भइरहेको खनालले बताए । पश्चिमा शक्तिले तराई टुक्राउन खोजिरहेको भन्दै खनालले त्यसतर्फ पनि सचेत रहनुपर्ने बताए ।

Comments

Top