सेयर लगानीकर्ता दवाव समूहद्वारा अर्थमन्त्री खतिवडाको राजीनामा माग

Yubaraj-Khatiwada

 काठमाडौं ।  सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको  राजीनामा माग  गरेका छन् ।  नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका उनीहरुले तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने चेतावनी दिएका छन् । 

 सेयर लगानीकर्ता दवाव समूहका संयोजक हरि ढकालले पूँजी बजारलाई सहज बनाउन बहानाबाजी नगर्न सरकारलाई सचेत गराए  । यस अघि सेयर लगानीकर्ताहरुले अनलाईन कारोबार प्रणालीलाई तत्काल सहज बनाउन माग गर्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।

 ज्ञापन पत्र बुझाउँदा आफूहरुको माग सम्बोधन गर्न सम्बन्धित पक्ष तयार नभएपछि अनसन गर्न बाध्य हुनु परेको समूहको दावी छ ।  अनलाईन कारोबार प्रणालीको पहुँच आम नागरिकमा पुर्‍याउनुपर्ने लगायतका १० बुँदे माग राख्दै उनीहरुले अनसन सुरु गरेको गरेको जनाएका छन्  । 

Comments

Top