सरकार शक्तिको दुरुपयोग गर्न लागेको कांग्रेसको आरोप

congress_2

 काठमाडौं ।नेपाली कांग्रेसले संविधानसभाबाट संविधान निर्माण गर्ने दशकौँ लामो अघिको चाहना आफ्नै नेतृत्वमा संविधान बनाएर पूरा भएको भन्दै गर्वको विषय भएको जनाएको छ ।

 राजनीतिक प्रस्तावमा राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संघीयतालाई कांग्रेसले प्रस्ट्याएको छ । यी मुद्दामध्ये संघीयताको कार्यान्वयनमा कतैबाट पनि हस्तक्षेप नसहने भनाइ कांग्रेसको छ । ‘प्रदेशहरू राज्यका स्वशासित एकाइ हुन् । केन्द्रबाट प्रदेश तथा स्थानीय सरकारमाथि संविधानविपरीत हस्तक्षेप गरिँदा कांग्रेस मौन बस्ने छैन ।

 त्यस्तो हस्तक्षेपलाई सशक्त प्रतिवाद गर्ने र सक्रिय विरोध गरिनेछ,’ प्रस्तावमा भनिएको छ, ‘कांग्रेसका तर्फबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्यहरूले त्यस्ता विधानविपरीतका नियन्त्रणकारी कार्यको सक्रिय विरोध गर्नेछन् ।’ संविधानको विकास र प्रतिरक्षा, बहुलवादी खुला र समतामूलक संस्कृति, भ्रातृ तथा शुभेच्छुक संस्थालाई प्रभावकारी परिचालन गर्दा संगठन बलियो हुने विषय उल्लेख छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति शीर्षकमा कांग्रेसले परराष्ट्रनीतिमा सबैको एउटै आवाज, एउटै व्यवहार कायम गरेर कूटनीतिक मर्यादाको पालना गर्ने आन्तरिक राजनीतिमा बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय सिद्धान्तप्रति विश्वास भएको जनाएको छ ।

Comments

Top