हङकङमा एनआरएनएको सम्मेलन, विचौलियालाई सम्मान

hari

   काठमाडौं । मलेसियामा बसेर विचौलियाको धन्दा गर्दै आएका विवादास्पद व्यवसायी हरि भट्टराईलाई हङकङमा सम्मान गरिएको छ । हङकङमा सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को छैटौं एशिया प्रशान्त क्षेत्रीय बैठकमा भट्टरालाई बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सम्मान गरेका हुन् ।

मलेसियामा मिटरब्याजमा पैसा चलाउने धन्दा देखि पोतला भन्ने मेनपावर कम्पनी चलाउँदा कामदार ठगीमा मुछिएका भट्टराई यतिखेर मलेसियामा कामदार पठाउने प्रकरण चलिरहँदा नयाँ भेण्डर ल्याउने दाउमा लागेका छन् ।

मलेसियन सरकारले अवैध रुपमा बसेका नेपालीहरुलाई स्वदेश फर्काउने अभियान चलाउँदा भट्टराईले राजदूताबासँग मिलेर बैध रुपमा मलेसियामा काम गरिरहेका नेपालीहरुलाई समेत विभिन्न वहानामा स्वदेश फर्काएका थिए ।

ऋण गरेर मलेसिया पुगेका नेपाली युवाहरुसँग मोलमोलाई गरेर रकम नदिनेहरुलाई स्वदेश फर्काएको भट्टराईमाथि आरोप लाग्दै आएको छ । भट्टराईको समूहले घर जानेलाई हवाई टिकेटको अभाव देखाउँदै होटलमा बस्न बाध्य बनाएर ठगी गरेको भन्दै अपराध महाशाखा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो ।

यस्ता व्यक्तिलाई आफूलाई इमान्दार भन्न रुचाउने अध्यक्ष गुरुङले नै सम्मान गरेका कारण गुरुङको क्रियाकलापप्रति मेनपावर व्यवसायीहरुबीच असन्तुष्टि छाएको छ । मलेसिया सरकारसँगको सम्झौतापछि कामदार पठाउन कागजी सम्झौता भएको छ ।

तर, व्यवहारमा यस्तै व्यवसायीका अवरोधका कारण लागु हुन सकेको छैन । आफै भेन्डर संस्था मिलाई मलेसियामा सिन्डिकेट चलाउने धन्दामा लागेका भट्टराई श्रममन्त्री र मन्त्रालयका कर्मचारीलाई आफ्नो पक्षमा पार्ने दाउमा लागेको स्रोतको भनाई छ । – यूनाइटेड पोष्ट

Comments

Top