अमेरिकी कदमप्रति उत्तर कोरिया स्तब्ध र क्रुद्ध

trump and kim

   काठमाडौं । अमेरिकाले उत्तर कोरियाका अधिकारीहरुमाथि थप प्रतिबन्धहरू लगाएपछि दुई देशबीचको सम्बन्ध झन टाढिन पुगेको छ । उत्तर कोरियाले ट्रम्प प्रशासनको कदमको भर्त्सना गर्दै, त्यसले स्थायी रूपमा परमाणु अस्त्र निश्शस्त्रीकरण प्रभावित हुने समेत चेतावनी दिएको छ।

उत्तर कोरियामा प्रेसमाथि प्रतिबन्ध लगाइएको, रेडियो संकेतहरू रोकिएको र विदेशी चलचित्र हेर्ने मानिसहरूलाई थुनिएको विवरण आएपछि अमेरिकाले तीन उत्तर कोरियाली अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो।

वासिङ्टनले नयाँ प्रतिबन्धको घोषणा गरेपछि प्योङयाङले वक्तव्यमा यस्ता कदमले उत्तर कोरियालाई परमाणु कार्यक्रममा हेरफेर गर्न कुनै दबाव नदिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उत्तर कोरियाले आफू अमेरिकी कदमका कारण ‘स्तब्ध र क्रुद्ध’ भएको प्रतिक्रिया दिएको छ।

उत्तर कोरियाली नेता किम जङ(अन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच गत जुन महिनामा सिङ्गापुरमा भएको बैठकमा त्यस विषयमा अस्पष्ट सम्झौता भएपनि थप प्रगति भने हुन सकेको छैन।

Comments

Top