चलचित्र ‘लभ स्टेशन’ को मिति तय

 

 

jasita

  काठमाण्डौ । चलचित्र ‘लभ स्टेशन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ ।उज्ज्वल घिमिरेले निर्देशन गरेको उतm चलचित्र चैत्रको अन्तिममा आउने चर्चा पनि चलेको । तर, यो चलचित्र अब चैत्रको १ गतेबाट रिलिज हुने भएको छ । नायक खड्काले अभिनय गरेका चलचित्रहरु सार्वजनिक बिदा पर्ने दिनमा रिलिज हुँदै आएका तर, यसपटक भने यसको निर्माणपक्षले धेरै निर्माताले ताक्ने मिति हेरेको छैन ।

यो चलचित्रमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका छ । दार्जिलिङमा छायांकन गरिएको चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रले कुनै एक स्थानलाई लभ प्वाइन्टको रुपमा ब्याख्या गर्ने निर्देशकले बताएका छन् ।
चलचित्रलाई म्यूजिकल लभ स्टोरी कथामा निर्माण भएको भनिएको छ । जहाँ प्रदिप सांगीतिक क्षेत्रमा लागेको कलाकारको भूमिकामा देखिएका छन् ।

Comments

Top