एनआईसी एशिया बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न

nicagm

 काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो २१ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आव २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आव २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

 साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्यापिटलसहितको आव २०७४/७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आव २०७५/७६ को लागि टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ ।

 साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०% का दरले असी करोड एकतीस लाख एघार हजार सात सय रुपैया बोनस शेयर वितरण गर्न र सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६% अर्थात चार करोड बाईस लाख उनान्सत्तरी हजार सड्तीस रुपैया नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ । बोनस शेयर वितरणबाट बैंकको साविक अधिकृत पूँजी आठ अर्ब चार करोड लाई वृद्धि गरि आठ अर्ब चौरासी करोड बनाउन साविक तत्काल चुक्ता पूँजी आठ अर्ब तीन करोड एघार लाख सोह्र हजार नौ सय अन्ठानब्बे लाई वृद्धि गरी आठ अर्ब त्रीयासी करोड बैयालीस लाख अठ्ठाईस हजार छ सय अन्ठानब्बे रुपैया बनाउन स्वीकृत प्रदान गरेको छ ।

 बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको एनआईशी एसिया बैंकले जनाएको छ ।

Comments

Top