चीनमा फैलिएका एक नेपाली

Dr Rajiv Jha
राखुन चिरायूईसले
प्रजा फैलियोस, पुकारौं जय प्रेमले
हामी नेपाली साराले‘।

यति भनेर बखत बहादुर बुढापिर्तीको संगितमा चक्रपाणी चालिसेको शव्दमा राष्ट्रिय गान समापन गरिन्थ्यो । यो हरफ अझै याद छ मलाई अनि जब जब बिदेशमा रहेका नेपालीले राम्रा काम गरेको अनि प्रख्यात भएको, यश कमाएको सुनिन्छ अनि कुरा गरिन्छ मेरो मष्तिष्कमा पुरानो राष्ट्रिय गानको यो हरफ ठोकीन पुग्दछ ।

कुरा आज राष्ट्रिय गानको पक्कै पनि हैन, आज एकजना नेपालीलाई प्रस्तुत गर्दैछौं जो बिगतका २ दशक भन्दा बढि चीनमा बसोवास गरेका पेशाले चिकित्सक यिनी चिकित्सकीय खोज अनि अनुसन्धानका अलावा चीनको सान्जी प्रान्तमा यूनिर्भसिटी अफ जीयान सिटीमा शोधकर्ताका रुपमा कार्यरत छन् ।

धनुषा जिल्लाको पर्वाहावाट भन्ने ठाँउबाट २२ वर्ष अघि अध्यनका लागि चीन पुगेका यिनको यात्रा, संघर्ष अनि उपलब्धीले आज नेपाली हुनुमा एउटा नयाँ आयाम सबै नेपाली मनमा दिएको छ । यिनको परिचय यतिमा मात्र सकिँदैन, यिनी चीनको जीयान शहरका नेपालका लागि नागरीक राजदुत पनि हुन्, गत जुलाईमा यिनलाई यो मानवी पद जीयान प्रान्तले दिएको हो ।

आउनुहोस् आज यिनै चिकित्सक प्रोफेसर डा। राजीव झासंगका वार्तालापमा केन्द्रित भएर कुरा गरौं । कुनै राजनैतिक बिचार धारा अनि कुनै पनि प्रकारको पूर्वाग्रह भन्दा पर रहेका यि नेपालीसंग कुरा गर्दा वास्तवमै यिनको देश प्रेम अनि देश बिकासको चाह झल्किने गर्दछ ।

कुराकानीको प्रथम चरणमा मैले वहाँको आफ्नो परिचयका कुराहरु वहाँलाई सोधें, वडो चित्तोकर्षक रुपमाउनले आफूलाई परिचय गराए । सरल एउटा चिकित्सक अनि नेपाल बाहिर रहेका नेपालीका रुपमा । वहाँले आफ्नो ज्ञान अनि समबन्धलाई नेपाल चीन बिचको मैत्रीपूर्ण समबन्ध सुधार अनि नेपालको सामाजिक आर्थिक स्तर उन्नतीका लागि लगाउने दृढता ब्यक्त गरे ।

मैले उनको यहि दृढतामा अर्को एउटा प्रश्न उठाँए । डाक्टर राजीव गएका २ दशक बढि देखि चीनमा रहेको हिसाबमा नेपालबाट लावालस्कर लागेका चीनमा अध्यन गर्न जाने नेपाली बिधार्थीको अवस्था कस्तो छ भन्ने बिषयमा । उनका अनुसार प्रायश बिधार्थीहरु एम वि वि एस लगायतको अध्यन पछि नेपाल फर्कने या ३ देखि ४ वर्ष सम्म मास्टर या पी। एच। डी। सकाएर देश फर्कने धेरै रहने हुन्छ । यद्धपीचीनमा काम गर्ने भीसा पाएर या त्यही ब्यवसाय गर्ने नेपाली भने निकै कम रहेको बताए । अर्को तर्फ आज भोली नेपालबाट सामान किन्न या ब्यवसायका लागि केही किन्न अनि बुझ्न आउने नेपालीहरुको संख्या बढेता पनि चीनमै आधारित नेपाली ब्यवसायी भनें धेरै नभएको बताए ।
उनका अनुसार चीनमा रहेका नेपालीहरु या पछिका दिनमा रहने नेपाली अनि प्रावधानहरु बिस्तार अनि नेपाल चीन समबन्ध सुधारका लागि नितीगत रुपमा नै कदम हरु चालिनु पर्छ । नेपालका बिषयमा भनें यिनी नेपालमा बस्ने नेपालीहरु भन्दा धेरै आशावादी पाइए । चीनमा र नेपालमा कार्य गर्ने अनि सरकारलाई सहयोग गर्ने कुरामा धेरै फरक छ । यिनी थप्दै गए अनि म टिप्दै गएँ । चीनमा सरकारले केही कदम चालेमा या केही प्रावधान ल्याएमा त्यहाँ समर्थन अनि सहयोग गर्ने चलन छ तर हाम्रो नेपालमा त्यस्तो छैन । उनको गुनासो के छ भनें हामी नेपालीहरु आफ्ने सरकार अनि परिवर्तन प्रति उदासिन छौं, हामी विरोध र असहयोग गर्दछौं तर चीनमा त्यस्तो छैन । हामी सरकारलाई फलो गर्दैनौं अनि हामी चाहिने भन्दा धेरै पोलिटिसाइज्ड छौं । हाम्रो हरेक कुरामा राजनिती घुसेको छ, विरोध आँफैमा नराम्रो हुदैन तर रचनात्मक उपायहरु अनि यसो गर्ने भन्ने नारा र बिचार सहित हुनपर्दछ ।

सरकार एक्लैले केहि गर्न सक्दैन र योजनाहरु साकार पार्न जनताको पनि समर्थन जरुरी छ जुन हामी गर्दैनौं । उनका अनुसार हामी चिकित्सक या ड्राइभर जे सुकै भएपनि आफ्नो काम गरेर भन्दा पनि राजनिती अनि पार्टीगत स्वार्थका कारणले निर्देशित हुने धेरै छौं । नेपाल आँउदा उनी जुनसुकै पेशाका मान्छेहरु या संगठनमा जाँदा पनि कोही राइटिस्ट त कोही लेफटिस्ट हुने, पार्टी अनि धारणाका गुटबन्धी हुने देखेर आफूलाई नराम्रो लाग्ने बताँउदछन् । पेशा एउटा धर्म हो, पेशालाई अन्य कुरा र गुटमा भन्दा त्यस पेशा मार्फत आफूले देशलाई अनि आफ्नै लागि पनि कसरी न्याय गर्न सकिन्छ भनेंर सोच्न जरुरी उनी ठान्दछन् । विद्यालयका कक्षाकोठा देखि नै राजनैतिक संगठनको पोलिटिकल डोज खुवाएर हामी कस्तो पुस्ता तयार गर्दैछौं त उनी प्रश्न गर्दछन् । काम गरेर भन्दा काम रोकेर पैसो कमाउने दाउ हेर्दै अरुको प्रभावमा धेरै पर्दछौं जुन गलत हो । विश्वका २ विशाल कार्य अर्थतन्त्र भएका देशहरुका बिच रणनैतिक रुपमा भएको नेपालले यी कुरा वाट केही फाइदा लिन र बिकास हुन सेकन । यो हाम्रै कमजोरीका कारणले भएको उनको ठम्याई छ, हामीले सरकारको भिजन पछ्याउनका साटो वाधा हाल्न मात्र धेरै खोज्दछौं जसले अन्तत देशको बिकास नै रोकिन्छ । अनि आरोप प्रत्यारोपको चलन पनि नेपालमा धेरै छ, उनी भन्दछन कि हामीमा चेतनाको बृद्धि जरुरी छ । आफु भन्दा राम्रो देख्दा केही आरोप लगाउने अनि सहि कुरालाई इगोका कारणले समर्थन नगर्ने र धेरै नकारात्मकता बोकेर नेपाली समाज पछाडि परेको हो । हामीले ट्रेड एण्ड ट्रान्सीटट्रिटि गर्यौं तर त्यसको फलो अप छैन् । हस्ताक्षरले देश बिकास हुँदैन् त्यसलाई लागू गर्न सबैको पहल जरुरी हुन्छ, उनी भन्दछन् ।

हामीले चीनसंग रेल वे को हस्ताक्षर गर्यौं, तर अबत्यसमा के कुरा बाँकी छ अनि काम किन अघि बढेन हामी बुझ्न चाहन्नौं । तर जब आरोप अनि प्रत्यारोपका कुरा हुन्छ हामी कम्मर कसेर आरोपका पोकाहरु छ्यापाछ्याप गर्न तयार छौं, के यो हो त नेपाली नागरीकको दायित्व रु

उनी त्यस्ता हरेक संझौता र सपनाहरुको फलो गर्न जरुरी छ । हेर्नुहोस् सरकार त ५ वर्षमा आउला जाला तर हामी जनता त सँधै हुन्छौं, हामी जनता यस बिषयमा सजग नभए कहिले हुनें रु मलाई उनले भनेंका अन्तका वाक्यले धेरै मन छोयो । उनी भन्दछन कि मैले सक्ने भए चाइनाबाट नेपाल आउने हरेक पर्यटकलाई रेलको एक एक मिटर लिग दिएर पठाँउथे तर त्यो संभव छैन् । सन् २०१६ को कुरा अब सन् २०१८ मा हुँदैछ तर म खुशी छु किनभनें केही त हुँदैछ कम्तिमा । म कुनै पार्टीमा छैन तर नेपाली हृदय लिएर बसेको छु, देश बाहिरवाट हेर्दा बिकासका काम भइरहेको छ । हामी आफ्नो तवरबाट अघि बढ्न र समर्थन अनि दायित्वहरु पुरा गर्दै अघि बढ्न जरुरी छ ।

Comments

Top