प्रतिशोध साँध्न प्रचण्डको शरणमा बामदेव

prachanda and bamdev

 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता वामदेव गौतमले विरोधी नेताहरूसँग प्रतिशोध लिने रणनीति बनाएको खुलासा भएको छ । आफूलाई प्रतिनिधिसभा निर्वाचनमा हराउने नेताहरूलाई पार्टीले प्रदेश कमिटीमा पुरस्कृत गरेर मनोनीत गरेको भन्दै गौतमले आक्रोश व्यक्त गर्ने गरेका छन् ।

 गौतमले प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ठूलो असहयोग गरेको बताउने गरेका छन् । आफू निकटका नेताहरूसँग गौतमले ओलीबाट ठूलो अन्यायमा परेको बताउँदै आएका छन् ।
ओलीले आफ्नो  राजनीति समाप्त गर्न लागेको भनेर गौतमले निकटका नेताहरूको भेला भैँसेपाटीस्थित आफनै निवासमा दिनदिनै गर्ने गरेको स्रोतको भनाई छ । गौतमले केही दिन अगाडि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई घरमै बोलाएर नेकपाका अध्यक्ष ओलीबाट भएको अन्यायका बारेमा गुनासो गरेको खुलेको छ ।

गौतमले स्थायी समितिको बैठक बस्नुु अगाडि पनि दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसँग ओलीविरुद्ध गोप्य भेला गरेका थिए ।
ओलीले गौतमको राजनीति समाप्त हुने गरेर अभिव्यक्ति दिएपछि झन नेकपाभित्रको विवाद बाहिर आएको छ ।

 गौतमले ओलीसँग बदला लिन कुनै पनि हदसम्म पुगेर रणनीति बनाउने चेतावनी दिएका छन् । स्थायी समितिको बैठकमा पनि गौतमले ओलीलाई धम्की दिएका छन । त्यो धम्कीबाट ओलीलाई झट्का लागेको छ । गौतमले ओलीलाई अबको एक वषभित्र प्रधानमन्त्री पदबाट हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने रणनीति बनाएको स्रोतले जनाएको छ । गौतमले ओलीको गुटलाई छाडेर प्रचण्ड निकट बन्ने प्रयास गरेको चर्चा हुन थालेको छ ।

Comments

Top