रोमान्टीक आनाको जोसेसंग रोमान्स

movie_the_man_from_kathmmandu_8QnvaCCgfo

 

 काठ्माण्डौं । अन्तर्राष्ट्रिय बजारका लागि निर्माण गरिएको नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ चैत १ गतेबाट प्रदर्शनमा आउने आएको छ । नेपाल प्रदर्शन पश्चात् विदेशमा फिल्मको प्रदर्शन गरिने निर्माता नकिम उद्दिनले जानकारी दिएका छन् । उनी क्यूएफएक्स सिनेमाज् प्रमुख समेत हुन् ।

सिरिजको रुपमा ल्याउने तयारी भइरहेको यस फिल्मको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच रोमान्टिक पोस्टर, गीत र ुएक्सन यूक्तु दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका दुई लिड कलाकार जोसे म्यानुअल र आना शर्मालाई रोमान्टिक अन्दाजमा देख्न सकिन्छ ।

फिल्मको सार्वजनिक 'आकाशै घुमेर' बोलको गीतमा पनि यो जोडी फिचर्ड छन् । गीतमा निकिता श्रेष्ठ र जसोन कुँवरको स्वर छ भने गायक कुँवरकै शब्द तथा संगीत सुन्न सकिन्छ । यस फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । नेपाल र अमेरिकामा फिल्म खिचिएको हो ।

नेपाली कथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको कार्यक्रममा निर्माता उद्दिनले बताए । उनी भन्छन्, ुनेपाली फिल्मले अन्तर्राष्ट्रिय मार्केटमा स्थान पाउनुपर्छ भन्ने सोचका साथ हामीले यस फिल्ममा एउटा सिन्सियर प्रयास गरेका छौं ।ु

उनले उक्त फिल्म विदेशका विभिन्न स्टुुडियो र नेटफिलिक्सलाई पनि पठाएको बताए । उनी थप्छन्, ‘‘द म्यान फ्रम काठमाडौं’ अन्तर्राष्ट्रिय मार्केटमा पुग्यो भने नेपाली फिल्मलाई एउटा बाटो खुल्नेछ र यसले हामी सबैलाई अझ उत्कृष्ट फिल्म बनाउने प्रेरण दिनेछ ।’’ निर्माता उद्दिनले उक्त फिल्म एक्सन लभस्टोरी रहेको बताए ।

फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । फिल्ममा आना र जोसेसँगै बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।

फिल्मको पोस्टर, गीत र ट्रेलर रिलिज कार्यक्रममा निर्देशक पेमा, बलिउड अभिनेता गुल्सन, पाकिस्तानी अभिनेता हमिद, नेपाली अभिनेत्री आना र अमेरिकी अभिनेता जोसेले पठाएको भिडियो सन्देश देखाइएको थियो । गुल्सनले फिल्मको प्रिमियरमा नेपाल आउने बताएका छन् ।


Comments

Top