एसिया प्यासिफिक समिटबारे नेपालको जवाफ - पूर्व प्रधानमन्त्रीहरुले पनि सम्मान लिएका थिए

makune

 काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले एसिया प्यासिफिक समिटबारे जवाफ दिएका छन् ।
स्थायी समिति बैठकमा बोल्दै नेता नेपालले पूर्व प्रधानमन्त्रीहरुले पनि सम्मान लिएको बताउँदै उनले यसपटक आलोचना बढेको बताए । आफूले जिम्मेवारी निर्वाह गरेको बताउँदै उनले आगामी दिनमा सुधार्ने वा कार्यक्रम नगर्ने बारे सोच्न आग्रह गरे ।

फिलिपिन्सबाट आइक्यापका प्रमुख समिटअघि आउँदा सबैले कार्यक्रमममा सहमति जनाएको माधव नेतालको तर्क थियो । उनले पार्टी र सरकारले दिएको पूर्व जिम्मेवारी मात्रै निर्वाह गरेको जनाउँदै आफ्नो बचाउ गरे ।

दक्षिण कोरियाको युनिभर्सिल पिस फेडेरेशनको आयोजनामा मंसिर १४–१७ सम्म भएको समिटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलरको सुशासन अवार्ड दिइएको थियो ।

नेकपाका स्थायी समिति सदस्यहरूले धर्म प्रचार गर्ने संस्थाको कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति र माधवकुमार नेपालको अध्यक्षतामाथि प्रश्न गरेका थिए । बैठकमा बोल्दै नेता नेपालले कार्यक्रमको उद्देश्य धर्म प्रचार नरहेको स्पष्ट पारे । उनले कार्यक्रमलाई लिएर गलत र नियोजित प्रचार गरिएको टिप्पणी गरे ।

Comments

Top