नक्कली बिमालेखको धन्दामा प्राइम लाइफ इन्स्योरेन्स,सिआईबीद्वारा आधा दर्जन कर्मचारी पक्राउ

primelife

काठमाडौँ । नक्कली बिमा गरेको अभियोगमा प्राइम लाइफ इन्स्योरेन्सका ६ जना कर्मचारीलाई केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ।

अनुसन्धानका क्रममा सिआईबीले इन्स्योरेन्सले जारी भएका करिब ६ सय बिमालेख नक्कली भेटिएको पत्ता लगाएको छ । सिआईबीले कम्पनीका कर्मचारी भोला पोखरेल, सुदीप खड्का, प्रकाश रेग्मी,धुव्र रेग्मी र सिंहबहादुर लामालाई पक्राउ गरी अनुसन्धान गरेको छ । 

वैदेशिक रोजगारीको श्रम स्वीकृति लिनुपूर्व जारी भएका यस्ता बिमालेख नक्कली  भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको । बिमा गरिएको रकम समेत कर्मचारीले आफ्नै खातामा राखेको र प्राइमको नामबाट जारी भएका ५७४ जनाको बिमालेख नक्कली भएको खुलेको सिआईबीले जनाएको छ । 

कर्मचारीहरुले बिमा गरिदिए बापत सेवाग्राहीबाट चार हजार रुपैयाँसम्म लिएर नक्कली बिमालेख बनाएपछि सेवाग्राहीले श्रम स्वीकृति समेत लिने गरेको खुलेको छ ।

Comments

Top