‘कृ’ का निर्देशकसँग काम गर्दै प्रदिप

pradip 12

   काठमाडौं । ‘रोज’ को नतिजा अपेक्षाकृत नभएपछि नायक प्रदिप खड्का यतिबेला फिल्म छनौटमा ‘चुजी’ हुन थालेका छन् । उनले अब फिल्म राम्रो बन्नमा कन्टेन्ट र निर्देशकको महत्वपूर्ण भूमिका रहने महशुस गर्न थालेको देखिन्छ । अहिले उनले चालेको रणनीतिले पनि यो देखाउँछ ।

‘रोज’ पछि उनले चलेका निर्देशकका फिल्म एकपछि अर्को गर्दै साइन गरिरहेका छन् । प्रदीपले लभस्टोरी फिल्म बनाउन माहिर मानिने हेमराज विसी र माटो सुहाउँदो फिल्म निर्देशन गर्ने निर्देशकको रुपमा परिचित रामबाबु गुरुङको फिल्म गर्ने पक्का भइसकेको छ । त्यस्तै, निर्देशक उज्जवल घिमिरेद्धारा निर्देशित फिल्म ‘लभ स्टेशन’ पनि गरिसकेका छन् ।

अब उनी फिल्म ‘प्रेमगीत ३’ मा छेतन गुरुङको एक्सन–कटमा काम गर्दैछन् । अब्बल स्क्रिप्ट राइटरको रुपमा कहलिएका उनी निर्देशित फिल्म ‘डमरुको डण्डीबियो’ यस वर्ष प्रदर्शनमा आएको थियो । छेतनपछि अभिनेता खड्का एक चर्चित सम्पादकको फिल्म गर्ने तयारीमा छन् ।

गत वर्ष अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘कृ’ निर्देशन गरेका सुरेन्द्र पौडेलको नयाँ फिल्म उनले गर्न लागेको जानकारी प्राप्त छ । निर्देशक र अभिनेताबीच मौखिक सहमती भने भइसकेको स्रोत बताउँछ । हाल अष्ट्रेलियमा रहेका प्रदीपले नेपाल आएपछि फिल्म साइन गर्ने बताइएको छ ।

Comments

Top