कमेडीले भरिएको चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक(भिडियाे सहित)

garud puran

   काठमाडौं । कमेडी नै कमेडी संवादले भरिएको चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ । अजित फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आज ट्रेलर रिलिज गरिएको हो । यो चलचित्र निर्माणमा अजित फिल्मस्सँग अशोक गौतम फिल्मस्ले सहकार्य गरेको छ ।

चलचित्रमा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधर, जान्वी बोहरा लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास कोइरालाको निर्देशनमा तयार भएको चलचित्रमा अजित प्रजापति र अशोक गौतमको लगानी छ । चलचित्रमा उज्ज्वल ढकालको सम्पादन, सुवास कोइराला, विनोद खतिवडा र आकाश बरालको पटकथा, कसम नेपालको कथा, कोशिश क्षेत्रीको संगीत छ । माघको ४ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

Comments

Top