लोकप्रिय सेलिब्रेटी श्रृंखलालाई ‘छक्का पञ्जा ४’मा अफर

 

 

deepa and miss nepal

  काठमाडौं । मिस नेपालको ताज पहिरिएपछि धेरैको लक्ष्य हिरोइन बन्ने हुन्छ । रुबी राणादेखि निकिता चण्डकसम्म यसका उदाहरण हुन् । तर, केही मिस नेपाल विजेता अपवाद पनि छन् । हिरोइनको रुपमा आफू कहिल्यै नआउने उद्घोष गरिसकेकी २०१८ की मिस नेपाल विजेता श्रृंखला खतिवडालाई फिल्मको लागी अफर आएको छ । तर, उनीभने,क्यामेरा अगाडि आफूलाई खुसी नमिल्ने बताउँछिन् । हालै सम्पन्न मिस वल्र्ड प्रतिस्पर्धामा टप १२ भित्र परेर बाहिरिएकी उनी अहिले कुनै चर्चित सेलिब्रेटीभन्दा कम लोकप्रिय छैनन् । सम्भवतः कुनै मिस नेपाल विजेताले यस प्रकारको लोकप्रियता हासिल गरेको पहिलो पटक हो ।

उनको लोकप्रियतालाई 'क्यास' गर्न अहिले धेरै लालायित छन् । चाहे फिल्ममा होस् वा विज्ञापनमा । उनी भन्छिन्, 'मलाई फिल्ममा खुसी मिल्दैन भने किन गर्नु  ?  मैले जुन विषयमा अध्ययन गरेको छु त्यसैमा अगाडि बढ्न चाहन्छु ।' 
फिल्म गर्दै नगर्ने अडानमा बसेकी उनलाई 'छक्का पञ्जा' सिरिजकी निर्देशक दीपाश्री निरौलाले भने फिल्म अफर गरेकी छन् । शक्तिशाली महिला निर्देशकको रुपमा आफूलाई स्थापित गर्न सफल उनले फिल्म 'छक्का पञ्जा ४' अफर गरेकी हुन् । श्रृंखलाले भने अफर लत्याएकी छन् ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने 'मुन्द्रेको कमेडी क्लब' मा श्रृंखला अतिथीको रुपमा पुगेकी थिइन् । शोकी अध्यक्ष दीपाश्री हुन् । कार्यक्रमको छायांकन सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दीपाश्रीले उनको सुन्दरता र बोलीचालीको प्रशंसा गर्दै 'छक्का पञ्जा' अफर गरिसकेको बताइन् ।

श्रृंखलाले भने धन्यवाद दिँदै भनिन्, 'फिल्मको पहिलो शो हेर्न चाहिँ आउँछु तर फिल्म गर्दिनँ ।' दीपाश्रीले उनलाई फिल्म नगरे पनि समाजसेवामा सँधै सक्रिय रहन आग्रह गरिन् । उनले भविष्यका लागि शुभकामना दिँदै भनिन्, 'समाजसेवामार्फत् देशको एक उदाहरणीय हिरोइन बन्नु ।'

Comments

Top