आईएमएसले ल्यायो क्रेनका उत्पादनहरु

ims

  काठमाडौं । विश्वकै नम्बर १ ब्राण्ड हुमीडिफियर क्रेनको नेपालस्थित आधिकारिक बिक्रोता आईएमएस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ । आईएमएसले स्वास्थ्य एवम् जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु नेपालमा ल्याएको हो ।

हुमीडिफियर (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उपकरणहरु) एएर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमा डिफ्युजरको नेपाली बजारमा बिक्री  वितरण शुरु भइसकेको आईएमएसले जनाएको छ । क्रेन ब्राण्डले नविन एवम् उत्कृष्ट बस्तुहरु उत्पादन गरे वापत ''Best Humidifier for Small Spaces- 2015, PTPA Consumer Report Magazine BEST PRODUCTS 2012'' र ''Family Choice-2018''लगायत अन्य धेरै पुरस्कार एवम सम्मानहरु पनि प्राप्त गरिसकेको छ ।

क्रेन एअर प्युरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणुरहित र स्वस्थ्य बनाउन प्रभावकारी छ । त्यसैगरी क्रेन हुमीडिफियरको प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई जाडोयाममा फाइदाजनक हुने बताइएको छ । यसले विशेषतःहावालाई ओसीलो बनाई रुघाखोकी, नाकमा रगत आउने, आँखा चिलाउने लगायत अन्य हिउँदमा देखिने समस्याहरुलाई समेत निराकरण गर्दछ ।

आईएमएस ग्रुपका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले  भने–‘हामी क्रेन जस्तो अन्तर्राष्ट्रिय स्तरमा उच्च स्तरिय र लोकप्रिय ब्राण्डको आधिकारीक बिक्रेता हुन पाउँदा खुसी र उत्साहीत छौ । यसका उत्पादनहरु स्वास्थ्य लगायत अन्य दृष्टिकोणले पनि अत्न्यत उपयोगी र लाभदायक छन् ।’ आईएमएस  ग्रुपले क्रेन ब्राण्डका उत्पादनहरु छिमेकी राष्ट्रको मूल्य भन्दा पनि कम मूल्यमा ग्राहक समक्ष उपलब्ध गराउने उनी वताउँछन्  । आईएमएस सदैव नेपाली उपभोक्ताहरुको बदलिदो माग र आकांक्षालाई पूरा गर्न उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादनहरु ब्जारमा ल्याउन कटिबद्ध रहेको पनि मलहोत्राले बताए । क्रेनका उत्पादनहरु ग्राहकवर्गले अनलाइन सपिङ्ग पोर्टल स्मार्ट डोको मार्फत खरिद गर्न सक्नेछन् ।

२० ओटा कम्पनीहरुको साझा समूह आईएमएस ग्रुप सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पनि हो ।आईएमएस ग्रुपले स्थापना भएको २५ वर्ष मा नै अतुल्य सफलता हासिल गरेको छ भन्ने कुराको पुस्टि यस ग्रुपको ब्यानर अन्तर्गत आउने विभिन्न कम्पनीहरुको संख्याबाट पनि बुझिन्छ ।   

Comments

Top